नियम १७
बिमा व्यवसायको विस्तार गर्न स्वीकृति लिनुपर्ने
(१) बिमकले प्रमाणपत्र प्राप्त गर्दा बिमा व्यवसाय गर्न पाउने स्वीकृति प्राप्त बिमा व्यवसायका किसिमका अतिरिक्त अन्य बिमा व्यवसाय गर्न चाहेमा समितिको स्वीकृति लिनुपर्ने छ ।
(२) कुनै बिमकले थप शाखा कार्यालयहरू खोली आफूले गर्ने बिमा व्यवसायको विस्तार गर्न चाहेमा समितिको स्वीकृति लिनुपर्ने छ ।